खुला ठाउँमै पिसाव गर्दा भेटिए राज्यमन्त्री, भाइरल भयो भिडियो

Posted on: 21 Nov, 2017

मंसिर ५, काठमाडौँ | भारतका एकजना मन्त्री खुला ठाउँमा पिसाव गरेकाले आलोचनाको शिकार बनेका छन् । सरकारले ‘स्वच्छ भारत अभियान’ र नागरिकलाई चर्पीको प्रयोग गर्न आग्रह गर्ने तर मन्त्रीले भने खुला ठाउँमा पिसाव गर्ने भन्दै उनको चर्को आलोचना भएको हो । 

महाराष्ट्रका जल संशाधन राज्यमन्त्री राम शिन्धे फिल्ड भ्रमणमा रहेका बेला खुला ठाउँमा पिसाव गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । शिन्धे सरकारमा रहेकै भारतीय जनता पार्टीका भएकाले पनि केन्द्र सरकारको ‘स्वच्छ भारत अभियान’ असफल भएको विपक्षी दलले आरेप लगाएका छन्  । 

राज्यमन्त्री शिन्धेले भने आफू फिल्डमा हिँडेको र चर्पी नभेट्टाएकाले खुला ठाउँमा नै पिसाव गर्नुपरेको बताउँछन् । उनी केही महिनादेखि महाराष्ट्रका विभिन्न ठाउँमा रहेका सिंचाई आयोजनाको स्थलगत निरीक्षणमा हिँडेका थिए । दक्षिणी पश्चिम महाराष्ट्रमा पर्ने बर्शी–सोलापुर सडकखण्डमा यात्रा गरिरहेका बेला पिसावले च्यापेपछि आफू खुला ठाउँमै पिसाव गर्न बाध्य भएको उनले स्वीकार गरेको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ । ‘उच्च तापक्रममा लगातारको यात्रा र धुलोलै मलाई बिरामी नै बनाएको थियो । म ज्वरोबाट समेत ग्रसित थिएँ’ उनले पिटिआईलाई भने । 

तर महाराष्ट्र राज्यको प्रमुख प्रतिपक्षी दल नेसलिस्ट कंग्रेस पार्टी (एनसिपी)ले भने मुख्य सडममा चर्पी नहुनु सरकारकै असफलता भएको बताएको छ । सरकार सार्वजनिक स्थानमा चर्पी बनाउने अभियानमा असफल भएको एनसिपीको आरोप छ । कंग्रेसले भनेको छ, ‘कसरी प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई अनुशासनको पाठ पढाउन सक्छन् जब आफ्नै मन्त्रीहरु अनुशासित छैनन् ?’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा ‘स्वच्छ भारत’ अभियान सुरु गरेका थिए । यसमा थुप्रै बलिउडका कलाकारहरु समेत संलग्न भएका थिए । मोदीले भारत सरकारले लाखौं चर्पी बनाइदिने घोषणा पनि गरेका थिए । तर विज्ञहरुका अनुसार मोदीको अभियान प्रभावकारी रुपमा अगाडि बढेको छैन । 

च्यारिटी सेवा गर्ने संस्था वाटर एडको प्रतिवेदन अनुसार अहिले पनि भारतमा ७ करोड मानिस खुला ठाउँमै दिसापिसाव गर्न बाध्य छन् । 

–बीबीसी डट कमबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!