कुबेती सरकारमा मन्त्रीको हेरफेर

Posted on: 12 Dec, 2017

कुबेलसिटी, २५ मङसिर (रासस/एएफपी) | कुबेतको सरकारले कुवेती अमिरका ६९ बर्षीय जेठा छोरा सेख नासिर सबाह अल अहमद अल सबाहलाई प्रथम उपप्रधानमन्त्री र रक्षा मन्त्रीमा नियुक्त गर्नुभएको हो । 

साथै तेल र अर्थ मन्त्रीमा पनि नयाँ अनुहारलाई ल्याइएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । 

परिवारका बरिष्ठ सदस्य रहनु भएका सेख जाबेर मुबारक अल सबाह अहिले प्रधानमन्त्रीका रुपमा रहनु भएको छ । 

सेख नासिर पहिलो पटक मन्त्री बन्नु भएको हो । उहाँ यसअघि सन् २००६ देखि अदालत प्रमुख हुनुहुन्थ्यो । 

कुवेती बृहत परियोजनाको “सिल्क सिटी” को कामलाई पछाडीबाट व्यवस्थापन गर्ने व्यक्तिको रुपमा उहाँ चिनिनुहुन्छ । 

१६ सदस्यीय मन्त्री परिषद्मा अरु नौ जना नयाँ अनुहार आएका छन् । तेल र अर्थ मन्त्री लगायतका मन्त्रीहरु नयाँ आएका हुन् । 

पेट्रोल सम्बन्धी निकायमा पुर्व प्रमुख कार्यकारी बाखित अल रसिदीलाई इसाम अल मर्जोकको सट्टामा तेल मन्त्री बनाइएको छ । 

पुजी बजार प्राधिकरणका पुर्वप्रमुख नायेफ अल हर्जाफले अर्थ मन्त्रीको जिम्मेवारी पाउनुहुने भएको छ । 

कतार मात्रै एउटा यस्तो खाडी मुलुक हो जहाँ सवै सांसदहरु निर्वाचित हुन्छन भने सरकार शासक परिबारको नियन्त्रणमा रहेको हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!