साउदी गठबन्धनद्वारा यमनले हानेको क्षेप्यास्त्र आकाशमा नै नस्ट

Posted on: 05 Jan, 2018

++++पुस २१, (रियाद) साउदी अरब (रासस/सिन्ह्वा) | यमनी हुथी विद्रोही विरुद्ध सङ्घर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनबाट साउदी सीमाक्षेत्रमा पर्ने नाजरान शहरलाई लक्षित गरी प्रहार भएको व्यालेस्टिक क्षेप्यास्त्रलाई आकासमा नै नस्ट गरिदिएको साउदी प्रेस एजेन्सीले शुक्रबार जनाएको छ । 

गठबन्धनका प्रवक्ता तुर्की अल माल्कीद्वारा हस्ताक्षर गरिएको एक विज्ञप्तिमा भनिएको छ, “यमनी भूमिबाट साउदीको मानववस्तीमा लक्षित गरी आक्रमण गरेको देखेपछि उक्त क्षेप्यास्त्रलाई प्याट्रियट ब्रिगेडले आकासमा ध्वस्त पारिदिएको छ ।” 

क्षेप्यास्त्रलाई आकासमा नस्ट गरिएको भएपनि यसबाट उछिट्टिएर आएका टुक्राले सीमाक्षेत्रका भौतिक संरचनामा सामान्य क्षति भएको तर मानवीय क्षति भने नभएको बताइउको छ । 

साउदी अरबले आक्रमण प्रयासलाई ‘शत्रुतापूर्ण’ भन्दै यसमा हुथी विद्रोहीलाई सघाउन इरानको हात रहेको आरोप लगाएको छ । 

यमनी भूमिबाट केही हप्ता पहिले पनि यस्तै आक्रमण प्रयास भएको थियो । उक्त प्रयासलाई पनि आकासमै साउदी गठबन्धनले विफल पारेको जनाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!