ल्यान्डिङ गर्दागर्दै चिप्लेर समुद्रमा खस्यो १६२ यात्रु बोकेको विमान (भाइरल बन्यो भिडियो)

Posted on: 15 Jan, 2018

एजेन्सीको सहयोगमा | सनिबार टर्कीमा एउटा यात्रुवाहक हवाईजहाज रनवेबाट चिप्लेर समुद्रको किनारमा खस्न पुग्यो । उक्त हवाईजहाज पेगासस एयरलाइन्सको हो । 

विमानस्थलको रनवेबाट ब्ल्याक सीको तटमा खसेको उक्त बिमानमा १६२ यात्रुहरु सवार थिए, साथै बिमानमा दुई जना पाइलट र ४ जना क्रू मेम्बरहरु थिए । तर बिमान दुर्घटनाबाट कुनै मानवीय क्षेती भने भएन । बिमान खसे लगत्तै सबैजनाको सकुशल उद्धार गरिएको थियो । पेगासस एयरलाइन्सको ७३७–८०० एयरक्राफ्ट अंकाराबाट ट्रेब्जोनमा ल्यान्डिङ गर्ने बेलामा ट्रेब्जोन विमानस्थलको रनवेबाट एक्कासी चिप्लियो अनि समुद्री किनारमा पुग्यो  ।

बिमान समुन्द्री तटमा खसेपछी बिमानभित्र रहेका यात्रुहरु आत्तिएका थिए, लगत्तै उनीहरुलाई पछाडिको ढोकाबाट उद्दार गरियो । 

प्लेन बिमानस्थलबाट चिप्लिएपछी यात्रुहरु जोड–जोडले कराए । जहाज हल्लिदै समुद्री तटतर्फ खस्यो । यस जहाज अनियन्त्रित हुनुको कारण बारे अनुसन्धान भईरहेको बिभिन्न संचार माध्यमहरुले जनाएका छन् । 


भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!