कतारले इराकमा मानवीय सहायता परियोजना सञ्चालन गर्ने

Posted on: 16 Feb, 2018

फागुन ४, दोहा (रासस/सिन्ह्वा) | कतारको रेडक्रस सोसाइटीले इराकमा मानवीय सहायता सम्वन्धी विषेश परियोजना सञ्चालन गर्ने भएको छ । 

सन् २०१८ मा २० लाख अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी गरेको राज्यद्धारा सञ्चालित कतार न्युज एजेन्सीले शुक्रबार जनाएको छ ।

सरोकारवालाहरुलाई नै परिचालन गरेर संस्थागत र व्यक्तिगत तहमा समुदायको सहयोगमा परियोजना सञ्चालन गरिने कतार रेडक्रस सोसाइटीले बिहीबार राती अवेर जारी गरेको वक्तव्यमा जनाइएको छ । 

कुवेतको प्रस्तावमा र आयोजनामा यसैहप्ता कतारमा अन्तर्राष्ट्रिय दाता सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलनका क्रममा कतार रेडक्रस सोसाइटीले यस्तो घोषणा गरेको हो । 

सम्मेलन सकिएको दिन बिहीबार इराकले विभिन्न देशहरुबाट झण्डै तीस अर्ब अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता प्राप्त गरेको थियो । 

सहयोग प्रतिबद्धता गर्नेमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र विभिन्न दाता राष्ट्र तथा संस्थाहरु पनि रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!