भारी हिमपातका कारण सबै उडान स्थगित

Posted on: 01 Mar, 2018

फागुन १७, जेनेभा । भारी हिमपाताका कारण जेनेभाको विमानस्थलमा बिहीबारका सबै उडानहरु स्थगित भएका छन् । 


कतिपय उडान रद्ध तथा अरु कैयौँ स्थगित भएका कारण कैयौँ यात्रु अलपत्र परेका समाचारमा जनाइएको छ । 

खराव मौसमको कारण उडानहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने सम्बिन्धित अधिकारीहरुले जानकारी दिएका छन् । 

विमानस्थलका अधिकारीहरुका अनुसार यात्रुहरुलाई आफ्नो आधिकारीक सूचनामार्फत विमानस्थल नआउन भनिएको छ । 

बिहीबार बिहानैदेखि हिमपातको क्रम नरोकिएकोले अर्को सूचना प्रकाशन गरेर उडानको समयतालिका तय गरिने उड्डयन अधिकारीहरुले जनाएका छन् । रासस/एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!