ट्रम्प र किम जोङ मे महिनामा आमने-सामने हुँदै

Posted on: 09 Mar, 2018

फागुन २५, काठमाडौं । केहि समय अघि युद्ध समेत हुने आंकलन गरिएको र निकै तीक्ततापूर्ण सम्बन्ध बनेको दुई देश उत्तर कोरिया र अमेरिकाबीच राम्रो सम्बन्ध स्थापना हुने विश्वास गरिएको छ । 

अन्तराष्ट्रिय संचार माध्यमहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर किरियाका नेता किम जोङबीच भेट वार्ता हुने समाचारलाई निकै प्राथमिकता दिएर प्रसारण गरेका छन् । उनीहरुबीच आउँदो मे महिनामा भेट हुने उल्लेख छ । 

समाचार अनुसार उत्तर कोरियाली नेता किम जोङले दक्षिण कोरियामार्फत छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकारेका छन् । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङले ह्वाईट हाउसमा भनेका छन् ‘आउदो मे महिनामा ट्रम्पले किम जोङ उनसँग भेटदैछन् ।’ उनको भनाइ अनुसार, किमले भविष्यमा परमाणु बम एवम् मिसाइल टेस्ट नगर्ने आश्वासन दिएका कारण ट्रंपले किमसँग भेट्ने प्रस्ताव स्वीकार गरेका हुन् ।

परमाणु टेस्ट नगर्ने बिषयमा उत्तरकोरियाली अधिकारिहरुले समेत प्रष्ट पार्दै परमाणु निसस्त्रीकरणमा प्रतिबद्ध भएको जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!