अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकमा दुर्घटनाग्रस्त, सवै सैनिकको मृत्यु

Posted on: 16 Mar, 2018

चैत २, वासिङटन (रासस/एएफपी) | अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । 

दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् । 

“विमानमा सात सैनिक थिए, ती सवैको मृत्यु भएको विश्वास गरिएको छ,” अमेरिकी अधिकारीले सञ्चार माध्यमसँग भने । उनले थपे उनीहरु सवै जना अमेरिकी सेवाका सदस्यहरु रहेका थिए । 

इराकबाट सिरिया जाने बेलामा हेलिकोप्टर दुर्घटनामा परेको र अन्य विवरणहरु आउन बाँकी रहेको समाचारमा जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!