४ जना लिबियाली सैनिकको मृत्यु

Posted on: 28 May, 2018

जेठ १४ त्रिपोली | लिबियाको पूर्वी सहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी चार जना लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले सोमबार जानकारी दिएको छ । 

सोमबार बिहान दर्नामा सरकारी सेनामाथि अतिवादी विद्रोहीहरुले हमला गरेका थिए । 

सैनिक गस्तीका क्रममा भएको यस हमलाका क्रममा ती सैनिक मारिएका छन् । 

यस झडपको क्रममा अन्य कैयौँ व्यक्ति घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । हाल झडप जारी नभएको भए पनि सैनिक बलतर्फ ठूलो क्षति भएको स्रोतले जानकारी दिएको छ । 

गत बिहीबार पनि दार्नामा नै अतिवादी समूह र लिबियाली सैनिकबीच भएको झडपको क्रममा कम्तीमा चार सैनिकको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका थिए । 

उक्त क्षेत्रमा पछिल्लो समयमा सेनाले कडा मात्रामा गस्ती गर्ने गरेको तर विद्रोहीहरुले भने सेनामाथि नै आतङ्ककारी हमला गर्ने गरेका छन् । रासस÷सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!