हराएको ५२ वर्षपछि पत्ता लाग्यो विश्वकप ट्रफीका चोर

Posted on: 02 Jun, 2018

जेठ १९, एजेन्सी | सन  १९६६ मा बेलायतबाट हराएको विश्वकप ट्रफी चोर्ने गिरोहबारे खुलाशा भएको छ । जुल्स रिमे ट्रफीको नामले पनि चिनिने विश्वकपको ट्रफी इंग्ल्याण्डमा विश्वकप सुरु हुनुभन्दा १ महिना अगाडि हराएको थियो । 

ट्रफी चोर्ने दुई जनाको मृत्यु भईसकेपछि ट्रफी चोर बारे पत्ता लागेको हो । लण्डनका हुल्याहा सिड्नी क्युगुलेरले आफ्ना भाइ रेगको सहायतामा वेष्टमिन्स्टरको मेथडिस्ट सेण्ट्रल हलमा प्रदर्शनीमा राखेको बेला ट्रफी चोरेका थिए । उनीहरुले रमाइलोको लागि ट्रफी चोरेका थिए । जुन कुरा दुई चोर मध्ये एक रेगका छोरा ग्यारीले स्थानीय पत्रिका द डेली मिररमार्फत खोलेका हुन् । त्यसबेला सिड्नी ४० बर्षका थिए । ट्रफी चोर्ने दाजुभाई मध्ये सिड्नीको सन् २००५ मा र रेगको २०१२ मा मृत्यु भएको छ । 


त्यतिबेला सिड्नी र रेगले ट्रफी चोरेको बिषयमा उनीहरुका केही नजिकका नातेदारले थाहा पाएपनि कसैले पोल खोलेनन् । त्यसैकारण यी हुल्याहा दाजुभाई बाँचुञ्जेल पक्राउ परेनन् । 

सिड्नीले आफ्ना साथी टेड बेच्लीको सहायतामा ट्रफी फिर्ता गर्दा १५ हजार पाउण्ड फिरौति माग्ने योजना बनाएका थिए । तर बेच्ली पक्राउ परे र उनीहरुको योजना सफल हुन सकेन ।

साथी पक्राउ परेपनि सिड्नी भने पक्राउ परेनन् र विश्वमा तहल्का मच्चाउने विश्वकप ट्रफी चोर आजीवन पर्दा पछाडि नै रहन सफल भए । उनीहरुले त्यो ट्रफी झाडीमा लुकाएका थिए । ट्रफीलाई पिकल्स नामको कुकुरले ट्रफी पत्ता लगाएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!