इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी

Posted on: 11 Jun, 2018

जेठ २८, इराक | इराकको सवैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरिराखिएको थियो । 

इराकको संसदले निर्देशन गरी उक्त क्षेत्रको मतपत्र पुनः गणना गर्न भनेको थियो । तर त्यस अगाबै भएको आगलागीबाट कति क्षति भयो भन्नेबारे बिस्तृत विवरण आइसकेको छैन । 

इराकी अधिकारीका अनुसार आगलागीको कारण तत्कालै थाहा हुननसकेको बताएका छन् । गत मे १२ मा व्यवस्थापिकाका लागि भएको निर्वाचनमा उक्त क्षेत्रबाट प्रजातान्त्रिक व्यवस्थाको वकालत गर्दै आएका सिया धर्मगुरू मोकतादा सादरले अनपेक्षित विजय हाँसिल गर्नुभएको थियो । उहाँमाथि निर्वाचनमा छलकपट गरिएको आरोप अन्य समूहले गरेका छन् ।(रासस÷एएफपी)

यस बिषयमा तपाइको प्रतिक्रिया...!