ह्वाइट हाउसः ट्रम्पलाई किम जोङ उनले पत्र लेखे, के छ पत्रमा ?

Posted on: 02 Aug, 2018

साउन १७, वासिङटन (रासस/एपी) | अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार नयाँ पत्र लेखेको जनाएको छ । 

ट्रम्पले बिहीबार ट्वीट गर्दै किमलाई धन्यवाद दिनुभएको छ । “शिष्ट पत्रका लागि धेरै धन्यवाद । आशा छ हाम्रो भेट चाँडै हुनेछ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो । 

ह्वाइट हाउसकी प्रवक्ता सराहा स्यान्डर्सले “सिंगापुर शिखर बैठकको फलोअप गर्न” र त्यस बैठकमा जारी संयुक्त वक्तव्यमा व्यक्त प्रतिबद्धता अनुरुप अघि बढ्ने उपायका बारेमा पत्राचार केन्द्रित रहेको रबताउनुभयो । 

ह्वाइट हाउसले ट्रम्प र किमबीच तत्कालै भेटघाट हुने बारे केही खुलाएको छैन । 

उपराष्ट्रपति माइक पेन्स र अमेरिकी सैनिक नेतृत्वले हवाईमा बुधबार मात्र सन् १९५० को दशकमा भएको कोरियाली युद्धमा हराएका अमेरिकी सैनिकका अवशेष बुझेका थिए । 

उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम पुनः शुरु गरेको र आणविक निरस्त्रीकरण कार्यक्रमप्रति चासो व्यक्त भइरहेको अवस्थामा नयाँ चिठी वासिङटन पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!