एयरपोर्टबाटै विमान चोरी ! चोरद्वारा प्लेन दुर्घटना गराई आत्महत्या

Posted on: 11 Aug, 2018

साउन २६, एजेन्सी | अमेरिकामा आलस्का एयरलाइन्सका कर्मचारीले अमेरिकाको सिएटल एयरपोर्टबाट विमान चोर्ने प्रयास गरेका छन् । तर, उनले विमानलाई कुनै गन्तव्यमा पुर्‍याउन पाएनन्, उडीरहेको उक्त बिमान काटेनन द्वीपमा दुर्घटना भएको छ । अधिकारीहरुले यस बिषयमा पुष्टि समेत गर्दै प्लेन कुनै आतंक कारी संगठनले अपहरण नगरेको भई प्लेन लिएर आत्महत्या गरेको बताएका छन् । अधिकारीहरुको अनुसार उनले अन्य उध्यस्यले प्लेन नलागेको भई आत्महत्या गर्नको लागि प्लेन चोरेको बताएका छन् । 

अधिकारीहरुका अनुसार एएरपोर्टमै मेकानिकको रुपमा काम गर्ने व्यक्तिले प्लेन लगेर आत्महत्या गरेको बताए । उनी गलत रुपमा एयर पोर्ट आएर बिना अनुमति विमान उडाएका थिए ।


घटना शुक्रबारको हो । बिना अनुमति उडाए लगतै दुई एफ १५ लडाकू विमानले पछ्याएको थियो । अधिकारीहरुका अनुसार यो आतंकवादसँग जोडिएको घटना होइन ।

विमान उडाएर भाग्ने व्यक्ति स्थानीय हुन् र उमेर २९ वर्ष छ । दुर्घटनापछि उनको अवस्था अज्ञात छ ।

सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोमा विमान निकै डरलाग्दो तरिकाले उडेको थियो । एयर ट्राफिक कन्ट्रोलले विमानलाई ल्याण्ड गराउने प्रयास समेत गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!