आयरल्याण्ड चर्च प्रकरणः पोपद्वारा भगवानसँग क्षमा याचना

Posted on: 26 Aug, 2018

भदौ १०, आयरल्याण्ड (रासस/एएफपी) | आयरल्याडको चर्चमा भएका अवाञ्छित क्रियाकलापलाई लिएर पोप फ्रान्सिसले आइतबार भगवानसँग क्षमा याचनासहित माफी माग्नुभएको छ । 

क्याथोलिक चर्चमा भएका गतिविधिबारे आफ्नो दुई दिने भ्रमणको अन्तिम दिन पोपले भन्नुभयो, “चर्चमा भएका अवाञ्छित गतिविधिका कारण बनेका ‘खुला चोट’ले आफू दुखित बनेको र यसलाई सत्यमा आधारित रहेर न्याय दिन आवश्यक ‘कडा तथा निर्णायक’ उपायहरूको खोजी गरिने छ ।” 

पश्चिमी आएरल्याण्डको नक स्राइन चर्चमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “म चर्चमा भएका घटनाप्रति भगवानसँग क्षमा याचना गर्छु ।”  

यस बिषयमा तपाइको प्रतिक्रिया...!