भारतका प्रख्यात गायक दुबईमा पक्राउ, ब्राजिलकी १७ वर्षकी किशोरीको यस्तो आरोप

Posted on: 07 Dec, 2018

मङ्सिर २१, काठमाडौँ (एजेन्सीको सहयोगमा) | बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईको अबुधाबीमा प्रहरीले हिरासतमा लिएको छ । मिका सिंहलाई ब्राजिलकी एक १७ बर्षीय किशोरीले यौन शोषणको आरोप लगाएकी छिन् । 

ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् । साथै ति किशोरीले मीकालाई यौन शोषणको आरोप पनि लगाएकी छन् । आधिकारिक सूत्रले पताये अनुसार मिकालाई आइतवार अदालतमा पेस गरिनेछ । मीडिया रिपोर्टहरुको अनुसार मीकालाई दुबई पुलिसले हिरासत लिएको हो । उनलाई दुबईको मुरक्काबातको जेलमा राखिएको छ । मीका एक बलीवुड पर्फर्मेन्सको लागि दुबई गएका थिए । 


यो पनि स्मरण रहोस् कि मीकामाथि यस अघि पनि यस्तै आरोप लागेको थियो । २०१६ मा मुंबईकि एक मोडेलले मीकाबिरुद्ध यौन हिंशाको आरोप लगाएकि थिइन् । जवाफमा मीकाले ति युवतीलाई जबर्जस्ति अशुलीको आरोप लगाएका थिए । त्यस्तै दिल्लीमा एक कार्यक्रमको क्रममा एक डाक्टरमाथि हातपात गरेको कारण मिका पक्राउ परेका थिए । 

त्यस अघि पनि मीकालाई मुंबई हवाईअड्डाबाट अनुमति भन्दा बढी भारतीय र विदेशी पैसा लागेको मुद्धामा गिरफ्तार गरिएको थियो । 


त्यस्तै २००६ मा अभिनेत्री राखी सावंतले मीका माथि उनको जन्मदिनमा जबर्जस्ति किस गरेको आरोप लगाएकी थिइन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!