साउदीका राजकुमार तलालको निधन

Posted on: 24 Dec, 2018

पुस ९, रियाद । साउदीका विद्रोही तथा उदारवादी राजकुमारको रुपमा चिनिएका तलाल बीन अब्दुलाजिजको निधन भएको छ । अस्वस्थ्य भइ अस्पतालमा भर्ना गराइएका उनको ८७ वर्षको उमेरमा निधन भएको हो ।


उनी ‘अल साउ परिवार’का बरिष्ठ सदस्य तथा अर्बपती अलवालिद बीन तलालका पिता थिए । केही वर्षयता अस्वस्थ रहँदै आएका तलाल सन् १९५० देखि ६० को दशकमा निकै सक्रिय शासकको रुपमा केही महत्वपूर्ण मन्त्रालयको नेतृत्व समेत गरेका थिए ।

ईजिप्टका तत्कालिन राष्ट्रपति जमाल अब्दल नसरको विवादास्पद मुद्दामा विवादित हुँदा सन् १०६० मा उनी निर्वासित समेत हुनु परेको थियो ।

सन् १९६४ मा फइसाल बीन अब्दुलाजिज राजा बनेपछि भने उनी साउदीकै राजपरिवार फर्किएका थिए । साथै साउदीमा महिलालाई सवारी चालक अनुमति दिनुपर्ने मुद्दा समेत उनले उठाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!