भारत–पाकिस्तानबीच तनाव बढ्यो: सीमामा गोली हानाहान, चार जनाको मृत्यु

Posted on: 27 Feb, 2019

फागुन १५, काठमाडौं– जम्मु–कश्मिरस्थित नियन्त्रिण रेखामा भारत र पाकिस्तानबीच तनाब बढेको छ । केही स्थानमा संघर्ष विराम उलंघन गरेर गोलीबारी गरेको एकअर्काको आरोप छ । पाकिस्तानको बालाकोटकमा भारतीय वायुसेवाले गरेको आक्रमण पछि बढेको भारत पाकिस्तानबीचको तनाव झन चर्किएको हो ।

भारतले पाकिस्तानको भुमिमा गरेको आक्रमणको पहिलो दिनमै भारतले नियन्त्रित रेखा लाइन अफ कन्ट्रोलमा दुई पक्षबीच गोली हानाहान भएको छ । घटनामा केहीको हताहती भएको छ भने केही घाइते भएका समाचार आएका छन् । घटनामा भारतीय सेनाको गोली लागेर चार पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

आक्रमणमा मारिनेमा तीन महिला र एक बच्चा रहेको खबर छ ।  भारतले पाकिस्तानले एलओसीमा संघर्ष विराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले पनि भारतले नियन्त्रिण रेखा उल्लंघन गरेको जनाएको छ । पाकिस्तानले जम्बू कश्मीरका अखनुर, नौशेरा र कृष्ण घाटीमा संघर्ष बिरामको उल्लंघन गरेको आरोप छ । 

घटनामा भारतीय सेनाका पाँच जवान घाइते भएको भारतले जनाएको छ । भारतको पुलवामा जिल्लामा गत फेब्रुअरी १४ मा भारतीय केन्द्रीय रिजर्व फोर्सका ४६ जना सुरक्षाकर्मी आत्मघाती आक्रमणमा मारिएपछि भारत र पाकिस्तानबीचको तनाव बढ्दै गएको छ । 

सोही घटनाको बदला स्वरुप भारतले मंगलबार बिहान पाकिस्तानमाथि सर्जिकल स्ट्राइक गरेको थियो । पाकिस्तानले पनि भारतको हमलाको जवाफ चाँडै पाउने भन्दै उचित समयमा कारबाही गर्ने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!