पाकिस्तानले भारतलाई सुम्पियो ‘अभिनन्दन’

Posted on: 01 Mar, 2019

फागुन १७, काठमाडौं । पाकिस्तानले बुधबार कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्धमानलाई भारत फर्काइदिएको छ । प्रधानमन्त्री इमरान खानले बिहिबार गरेको घोषणा अनुसार शुक्रबार बेलुकी उनलाई पाकिस्तानी सेनाले भारतीय सेनाको जिम्मा लगाएको हो । 

अटारी बोर्डरमा कागजी प्रक्रियाहरु पूरा गरेपछि पाकिस्तानका रेन्जरहरुले उनलाई भारतीय अधिकारीसमक्ष सुम्पिएका छन् । सुपुर्दगी उनको मेडिकल जाँच गरिएको थियो । अभिनन्दनलाई जिम्मा लिन भारतको तर्फबाट उच्चपदस्थ व्यक्ति गएनन् । सर्वसाधारणले भने उनको भव्य स्वागत गरेका छन् । उनीहरुले नाचगान र नारावाजी पनि गरेका थिए । 


पाकिस्तानी प्रधानमन्त्रीले ‘शान्तिको संकेत’ का रुपमा अभिनन्दनलाई सुपुर्दगी गर्न लागिएको बताएका थिए । उनको सुपुर्दगीसँगै भारतमा खुशी छाएको छ । 

पाकिस्तानी वायू सेनाले भारतीय लडाकु बिमानलाई आक्रमण गरी पाइलट अभिनन्दनलाई नियन्त्रणमा लिएको थियो । अभिनन्दा भारतीय वायू सेनाका विङ कमान्डर हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!