एयरपोर्ट र स्टेशनमा बिस्फोटक पर्दाथ भेटियो

Posted on: 06 Mar, 2019

फागुन २२, काठमाडौं | लण्डनको हिथ्रो एयरपोर्ट, लण्डन सिटी एयरपोर्ट र वाटरलू स्टेशनमा बिस्फोटक पर्दाथ भेटिएको छ | बिस्फोटक पर्दाथ भेटीपछि प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।


प्रहरीका अनुसार बिस्फोटक पदार्थ ए–फो पोस्टल ब्यागभित्र अवस्थामा भेटिएको थियो ।

अनुसन्धान अधिकारीले विभिन्न स्थानमा एकै प्रकारका बिस्फोटक भेटिएको जानकारी दिए । यी तीनै घटना एक–आपसमा सम्बन्धित छन्, छैनन् भनेर अनुसन्धान भइरहेको बताइएको छ ।


बिस्फोटकका कारण कसैलाई पनि क्षती नपुगेको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धान अधिकारीका अनुसार पोस्टल ब्यागमा बिस्फोटक पदार्थ यसरी राखिएको थियो र त्यो खोल्नेबित्तिकै आगो सल्किन्थ्यो ।

यसकारण कुनै उडान वा रेलको आवतजावत प्रभावित भएको छैन । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!