कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका डेल सोलार पेरुको प्रधानमन्त्री बने

Posted on: 12 Mar, 2019

फागुन २८, लिमा  | पेरुका राष्ट्रपति मार्टिन भिजकाराले कलाकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका साल्भाडोर डेल सोलारलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । 

साल्भाडोरले सन् २०१६ देखि २०१७ सम्म पेरुको संस्कृति मन्त्रालयको कार्यभार सम्हालेका थिए । 

आमहत्या र मानव अधिकार उल्लङ्घनको जघन्य आरोपमा कारागारमा रहेका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीलाई माफी दिने विषयमा सरकारमा विमति भएपछि उनले संस्कृति मन्त्रीको पदबाट राजीनामा दिएका थिए ।  

डेल सोलारका पूर्ववर्ती प्रधानमन्त्री सेजार भिल्लानुभाले गत साता राजीनामा दिएका थिए । 

सन् १९७० मा जन्मिएका डेल सोलारमाथि मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम गर्ने प्रमुख चुनौती रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!