मोबाइलको पासवर्ड नदिएको भन्दै श्रीमतीले श्रीमानलाई जिउँदैं जलाइन !

Posted on: 04 Apr, 2019

चैत २१, काठमाडौं | मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएको घटना सार्वजनिक छ ।

यो घटना इन्डोनेसियाको पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीको हो । सोही ठाउँमा बस्ने २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् ।

तर, डेडीले पासवर्ड दिएनन् त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट पनि गरेको समाचारमा उल्लेख गरिएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गएको बिहीबार उनको निधन भयो ।

पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगो लगाइन् । प्रहरीले श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइसकेको जनाएको छ । एजेन्सी

यस समाचार हामीले इन्डोनेसीया टुडेबाट अनुबाद गरेका हौँ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!