कच्चा तेलको मूल्य ६ महिनाकै उच्च

Posted on: 25 Apr, 2019

बैशाख १२, लन्डन– ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यो विगत ६ महिनाकै उच्च हो । संयुक्तराज्य अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्धलाई थप कडाई गरेसँगै तेलको मूल्यमा बृद्धि भएको हो ।

जुन महिनाका लागि प्रति ब्यारेल ७५.३५ अमेरिकी डलरको अर्डर छ जुन बुधबारको भन्दा ७८ सेन्ट बढी हो ।  डब्लुटीआईको मूल्यमा पनि प्रति ब्यारेल २७ सेन्ट बृद्धि भई ६६.१६ डलर पुगेको छ । यो बृद्धिसँगै डब्लुटीआईको मूल्यमा ६ महिनाकै उच्च हो । –एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!