गाजाबाट २०० वटा रकेट हमला, जवाफी कारवाहीमा इजराइलले हमासका १२० स्थानलाई निशाना बनायो

Posted on: 05 May, 2019

वैशाख २२, जेरुसेलम | गाजाबाट हमास आतंककारीहरुले शनिवार राति इजराइलमा २०० रकेट प्रहार गरेका छन् । जवाफी कारवाहीमा इजराइलले हमास संगठनका १२० स्थानलाई निशाना बनाएको छ । इजराइलको कारवाहीमा एक गर्भवती र उसकी १४ महिनाकि छोरीको समेत मृत्यु भएको छ । गाजाबाट भएको हमला पछी इजराइल र प्यालेस्टाईनबीच तनाव बढ्ने आशंका गरिएको छ ।

हमास आतंकी संगठनद्वारा गाजापट्टी कब्जामा छ । हमास इजराइलबाट युद्धविराममा थप छूट चाहन्छन् । इजराइलले भनेको छ कि ‘‘प्यालेस्टाइनको तर्फबाट २०० रकेट प्रहार भएको छ । यिनीहरुलाई सिध्याउनको लागि हाम्रो एयर डिफेन्सले पनि केहि मिसाइल प्रहार गरेको छ ।’’

इजराइली सेनाका अनुसार इजरायलले रकेट हमलाको जवाबी कारवाहीमा आतंककारी स्थानलाई निशाना बनाएको छ । सेनाका प्रवक्ता जोनाथन कोनरिकसका अनुसार- इस्लामिक जिहाद संगठनले एक सुरङको पनि निशाना बनाएको छ । यो सुरुङ दक्षिणी गाजादेखि इजराइलसम्म आउँछ । इस्लामिक जिहादलाई हमासको सहयोगी मानिएको छ ।


कोनरिकसले अगाडी भने अनुसार आउने समयमा इज्रायली सेनाले आक्रामक कारवाही जारी राख्नेछ । वायुसेनाको मद्दत लिईनेछ । तर निशानामा सैन्य स्थानहरु नै रहनेछ ।

उता, गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ईजराइलले १४ महीनाको बच्ची र उसकी गर्भवती आमाको मृत्यु इजरायली कारवाहीको कारण भएको छ । त्यस्तै १७ अन्य घाईते भएका छन् । यस बिषयमा इजराइलको सैन्य प्रवक्ताले भनेका छन् ' हामीलाई कुनै बच्ची मारेको सूचना छैन । सेनाले केवल सैन्य स्थानमा आक्रमण गरेको हो ।'

इजराइलमाथि रकेट प्रहार गरेको जिम्मेवारी इस्लामिक जिहादले लिएको छ । साथै उनले भनेको छ कि जरूरत परेमा थप हमला गरिनेछ । जिहादका सशस्त्र समूहले एक भिडियो पनि जारी गरेको छ जसमा इजराइलको तेलअवीव सँगै रहेको बेन गुरियन अन्तरराष्ट्रीय हवाई अड्डा सहित अन्य स्थानमा आक्रमण गर्ने कुरा गरेको छ ।


इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सेना प्रमुखसँग आक्रमणको बिषयलाई लिएर कुरा गरेका छन् । यूरोपीय यूनियन (ईयू) ले गाजाबाट तुरन्त आक्रमण रोक्न अपिल गरेको छ ।

हालसम्म इजराइल र प्यालेस्टाइन बीच गाजालाई लिएर २००८ देखि तीन पटक युद्ध भई सकेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!