उत्तर कोरिया किम जोङ अन मिसाइल परीक्षणमा सहभागी

Posted on: 05 May, 2019

वैशाख २२, सोल (रासस/एएफपी) | उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किम जोङ अनले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको जानकारी दिएको छ । होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ ।

यस मिसाइल परिक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गर्नु भएको छ । उत्तर कोरियाली नेता आफू गरेको वाचा नतोड्ने पनि  ट्रम्पले बताउनु भएको छ । 

गत फेब्रु्अरीको २७ र २८ मा ट्रम्प र किमबीच भियतनामको हनोइमा परमाणु निशस्त्रीकरणको विषयमा दोस्रो चरणको छलफल  भएको थियो ।

सो शिखर सम्मेलनमा अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने किमको माग रहेको थियो ।  सो मागमा सहमति हुन नसक्दा सो भेटघाट विना सम्झौता समाप्त भएको थियो ।

किमले बाहिरी आक्रमण वा धम्कीको अवस्थामा राजनीतिक सार्वभौमिकता र आर्थिक स्वआधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!