फानी नामक सामुद्रिक आँधीका कारण १६३ घाइते

Posted on: 08 May, 2019

बैशाख २५, भुवनेश्वर  | भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन् । 

पुरीमा एकसय ६० र  भुवनेश्वरमा तीन जना घाइते भएका छन् ।  घाइतेहरुलाई उपचारका क्रममा अस्पताल भर्ना गरिएको राज्यको आकस्मिक सेवा केन्द्रले जानकारी दिएको छ । 

यस आँधीका कारण पसलहरु र पुरीमा रहेका मोबाइल फोन लगायत अरु सबै सञ्चार सम्पर्क अबरुद्ध भएको छ ।

उडिसाको पुरी, गान्जाम, कटाक र बालासोरे जिल्लामा करिब १४ लाख १८ हजारलाई फानी प्रभावित स्थानबाट सारी अन्यत्रै लगिएको छ । पुरीमा गत शुक्रबारदेखि फानीको प्रकोप शुरु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!