विमानस्थलमा आक्रमण १ जनाको मृत्यु २१ जना घाइते

Posted on: 24 Jun, 2019

असार ९, काठमाडौँ (एजेन्सी) | साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु हुनुका साथै अरु २१ जना घाइते भएको साउदी अधिकारीहरुले बताएका छन् । 

इरानसँगको तनाब बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तिब्र बनाएका छन् । पछिल्लो आक्रमणबाट म्याकडोनाल्डको एक पसलका साथै १८ वटा सवारी साधनमा क्षति पुगेको छ । 

यमनका हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइन्छ । विमानस्थलमा गरिएको आक्रमणबाट घाइते भएकाहरुमा साउदी अरेबिया, इजिप्ट, भारत र बंगलादेशका नागरिकहरु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

विद्रोहीले सञ्चालन गरेको अल–मासिराह टिभीले अभा र जिजान विमानस्थलमा ड्रोनबाट आक्रमण गरिएको दाबी गरेको छ । 

साउदी अरेबियाले भने जिजान विमानस्थलमा भएको आक्रमणबारे केही उल्लेख गरेको छैन । जुन १२ मा पनि अभा विमानस्थलमा हुथी विद्रोहीले ड्रोनबाट आक्रमण गरेका थिए । उक्त आक्रमणबाट २६ जना घाइते भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!