जम्मु काश्मिरमा सवारी दुर्घटना, ३३ जनाको मृत्यु

Posted on: 01 Jul, 2019

असार १६, ऐजेन्सी |  भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन् ।

किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुबाहक बस खोँचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो ।

केशवनबाट आइरहेको यात्रुबाहक बस भिरालो सडकमा अनियन्त्रित भई खोँचमा झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि रानाले बताउनुभयो ।

घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!