जम्मू-कश्मीर मुद्दामा पाकिस्तानको संयुक्त राष्ट्रसंघलाई चिठ्ठी

Posted on: 29 Aug, 2019

भदौ १२, काठमाडौं । भारत प्रशासित जम्मू कश्मीरमा मानवअधिकार उल्लंघन भएको  भन्दै पाकिस्तानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई एकपटक फेरि पत्र लेखेको छ | विदेशमन्त्री शाह महमूद कुरैशीले पत्र लेख्दै जम्मू कश्मीरको हालत लगातार बिग्रिँदै गएको र मानवअधिकार गम्भीर संकटमा परेको बताएका हुन् ।

पाकिस्तानको मानवअधिकार मन्त्री शिरिन मजारीको ट्वीटले पनि संयुक्त राष्ट्रसंघलाई पत्र लेखिएको पुष्टि भएको छ । पत्रमा कश्मीरमा तीन सातादेखि जारी लकडाउन तत्काल हटाउनुपर्नेमा जोड दिइएको छ ।

भारत र पाकिस्तानमा संयुक्त राष्ट्रसंघ सैन्य अनुगमन टोलीको संख्या दोब्बर बनाउन तथा अनुगमन टोलीलाई एलओसी पार गर्ने अनुमतिका लागि भारतलाई मनाउन पत्रमा सुझावसमेत दिइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!