साउदीमा ड्रोन आक्रमण: भोलीदेखिनै विश्वबजारमा तेलको मूल्य बढ्न सक्ने

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौँ (एजेन्सी) | साउदी अरबका दुई ठूला तेल उत्पादन र प्रशोधन गर्ने प्लान्टमा शनिबार ड्रोन आक्रमण भएपछी विश्व बजारमा तेलको मूल्य बढ्न सक्ने बिबिसीले विश्लेषण गरेको छ । साउदीले यसअघिको भन्दा आधामात्र तेल उत्पादन गर्ने भएपछि सोमबारदेखि विश्वबजारमा तेलको मूल्य बढ्नसक्ने उसको विश्लेषण छ । 

यमनको हुथी विद्रोही समूहले जिम्मेवारी लिएको साउदीमाथिको ड्रोन आक्रमणपछि संसारको सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्येको एक साउदी अरबले आफ्नो उत्पादन आधा घटाएको छ । १० वटा ड्रोन प्रयोग गरी गरिएको उक्त आक्रमणबाट सरकारी स्वामित्वको अराम्को कम्पनीका अब्क्वाइक र खुराइस प्लान्टमा क्षति पुगेको छ ।


साउदीका उर्जामन्त्री राजकुमार अब्दुलाजिज बिन सलमानले अब दैनिक ५७ लाख ब्यारेलमात्र कच्चा तेल उत्पादन हुने जानकारी दिएका छन् । साउदीले दैनिक झन्डै एक करोड ब्यारेल कच्चा तेल उत्पादन गर्थ्यो । विश्वबजारको  झन्डै १० प्रतिशत कच्चा तेल साउदीले उत्पादन गर्छ । आक्रमणपछि ती दुई प्लान्टमा आगो लागेको छ भने काम रोकिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!