पानी भएको अर्को ग्रह पनि भेटियो, तापक्रम पृथ्वीसँग मिल्दो

Posted on: 15 Sep, 2019

भदौ २९, एजेन्सी | खगोलविद्हरुले पहिलो पटक अहिलेको सौर्यमण्डल भन्दा बाहिरको एक ग्रहमा पानी भएको पत्ता लगाएका छन् । उनीहरुको नयाँ अध्ययनले त्यहाँको तापक्रम पनि जिउनका लागि उपयुक्त पाइएको छ |

सो ग्रहको नाम ‘के २-१८बी’ दिइएको छ । यसको क्षेत्रफल पृथ्वीको भन्दा ८ गुणा बढी भएको र यसलाई ‘सुपर अर्थ’को नाम दिइएको जनाइएको छ | अध्ययन अनुसार यो ग्रह पृथ्वीबाट ११० प्रकाश वर्ष टाढा रहेको छ । यो ग्रह सन् २०१५मा नासाको केप्लर स्पेसक्राफ्टले पत्ता लगाएको भए पनि पानी र तापक्रमको अवस्थाका बारेमा भने अहिले पत्ता लागेको हो ।

त्यहाँ पानी पनि भएको र तापक्रम पनि उपयुक्त भएकोले जीवन सम्भव हुनेतर्फ खगोलविद्हरुले सम्भावना देखाएका छन् । 

‘‘पानी पाइनुले पृथ्वी बाहेकको अर्को ग्रह पनि बस्न योग्य भएको पाइएको छ । यो उत्साहजनक कुरा हो,’’ युनिभर्सिटी कलेज लण्डनको सेन्टर फर स्पेस एक्सोकेमिस्ट्री डेटाका रिसर्च एसोसिएट तथा अहिलेको अध्ययन प्रतिवेदनका लेखक एन्जेलोज टिसियारसले भने । 

सोही कलेजका लेक्चरर तथा प्रतिवेदनका सहलेखक इन्गो वाल्डम्यान््ले आगामी दशकमा यस प्रकारका केही ग्रह पाइन सक्ने जनाउँदै तर बस्न योग्य पहिलो ग्रह अहिले फेला परेको जनाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!