भारत-पाकिस्तानको सीमामा गयो शक्तिशाली भूकम्प, नयाँ दिल्लीमा पनि धक्का

Posted on: 24 Sep, 2019

असोज ७, एजेन्सी | भारत- पाकिस्तान सीमानजिकै मंगलबार ६.३ म्याग्नेच्युडको भूकम्प आएको छ |  भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४:३१ बजे लाहौरबाट १८३ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प आएको हो |

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको छ | भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन् | भूकम्पको धेरै प्रभाव जम्मु कस्मिरमा परेको बताइएको छ | 

हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ | उक्त भूकम्पबाट भएको क्षेतीको विवरण भने आउँन बाकीं छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!