यी हुन् संसारकै महँगा चिया जसको मूल्य मात्रै १३ करोड,यस्ता छन् विशेषता

Posted on: 15 Dec, 2019

मंसिर २९, एजेन्सी | चियामा विभिन्न स्वाद र फ्लेभर पाइन्छन् | हामीले एक ड़ुई वटा चिया मात्रै पिएका हुनसक्छौं | चिया मार्फत नै अतिथिको स्वागत सत्कार गर्छौं | संसारमा यस्ता महँगा चिया पनि छन् |

१. डा–होंग पाओ टीःटी–ब्लूमको एक रिपोर्ट अनुसार चीनको वुइसन इलाकामा एक विशेष खालको चिया पाइन्छ | यो चिया मिंग वंशदेखि नै प्रचलनमा थियो र यसको खेती निकै गोप्य रुपमा गरिन्छ | यो चियापत्तीको एक किलोग्रामको १.२ मिलियन डलर अर्थात् करिब १३ करोड रुपैयाँ पर्छ |


२. पिजी टिप्स डायमण्ड टि ब्यागः यो चिया डिजाइनका कारण महंगो भएको हो | जसको मुल्य  १५ हजार डलर रहेको छ | 


३. पाण्डा डुङ्ग टिः यो चिया संसारको सबैभन्दा महंगो चिया हो  एक किलोग्राम चियापत्तीको मूल्य  ७० हजार डलर करिब ७९ लाख रुपैयाँ पर्छ | यो चिया पत्तिलाई निकै दुर्लभ र पौष्टिक तत्व युक्त मानिन्छ |


४. भिन्टेज नार्सिससःयो चियाको पृष्ठभूमि पनि चीनसँग नै जोडिएको छ | यो चियापत्तीको एक किलोग्रामको तौल ६ हजार पाँच सय डलर करिब ७ लाख ३५ हजार पर्छ |


५. एल्लो गोल्ड टि बड्सः  यो चियापत्तीमा खानमिल्ने २४ क्यारेट सुन छर्किएको हुन्छ । तर यसैका कारण मात्र यो विशेष भएको भने होइन । यो चिया निकै दुर्लभ छ किनभने यसको खेती एक वर्षमा एकपटक मात्रै गरिन्छ । यो दुर्लभ चियापत्तीको प्रतिकिलो मूल्य ३ हजार डलर करिब तीन लाख रुपैयाँ पर्छ ।


६. टाइगुयानयिन टीःयो चिया हरियो र कलो चियापत्तीको मिश्रणले बनेको छ । यसको चियापत्तीलाई कटुसको जस्तो स्वाद निकाल्न गुन्द्रुक झैं गाडिएर राखिन्छ । यसको रुख फुजियान प्रान्तको सबैभन्दा अग्ला पहाडमा हुर्काइन्छ । यो चियापत्तीको प्रतिकिलो मूल्य तीन हजार डलर करिब तीन लाख रुपैयाँ पर्छ । यो चियापत्तीले लगातार सात पटकसम्म चिया बनाउन सकिन्छ ।


७. पु–पु पु–अर्ह टिःयो चियाको अवधारणा १८ औं शताब्दीमा विकसित गरिएको थियो । चिनियाँ शासक क्विनलोंगले सबैभन्दा पहिलो यो चियाको चुस्की लिएका थिए । उनले यो चिया एकजना शुभचिन्तकबाट उपहारमा पाएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!