चन्द्रमामा अन्त्येष्टि गरिने संसारकै पहिलो व्यक्ति यी हुन्, कसरी सम्भव भयो ?

Posted on: 29 Dec, 2019

पुस २३, एजेन्सी | आज संसार सूचना र प्रविधिकै कारण विकासको चरमचुलीमा पुग्न सफल भएको छ | बैज्ञानिक आविष्कारले गर्दा मानिस आज पृथ्वीमा मात्र सिमित भएर बसेको छैन, अन्य ग्रह उपग्रहमा समेत पुगिसकेको छ | जुन बिज्ञान र प्रविधिले सम्भव भएको हो |

त्यो प्रविधिको विकास गर्ने क्षेय केवल बैज्ञानिक हरुमा मात्र जान्छ | ति व्यक्तिलाई सबैले सम्झन्छ, संसारले उनको योगदानलाई मनन गर्छन | त्यस्तै वैज्ञानिकमध्ये युजिन मर्ले शुमेकर पनि एक हुन् | उनले कयौं अन्तरीक्ष यात्रीलाई प्रशिक्षित गरेका थिए र एक नयाँ विज्ञानलाई स्थापित गरे |

उनको जन्म २८ अप्रिल १९२८ मा  भयो | उनी  २० औँ शताब्दीका महान विद्वान् मानिन्थ्ये | उनको योगदानका लागि सन् १९९२ मा उनले अमेरिकाको विज्ञान क्षेत्रको राष्ट्रिय पदक पाए |

उनी अमेरिकाको खगोल भूविज्ञान अनुसन्धान कार्यक्रमका पहिलो निर्देशक हुन् | उनले  युटा र कोलोराडोमा पहिलोपटक युरेनियमको अन्वेषण गरेका थिए | त्यति मात्र नभई उनले ज्वालामुखी प्रक्रियाहरुको समेत अनुसन्धान गरेका थिए |

साढे ६ करोड वर्ष पहिले पृथ्वीमा एक विशाल उल्कापिण्ड खसेका कारण डाइनोसरलगायतका जीवहरुको विनाश भएको र त्यसरी उल्कापिण्ड खसेको ठाउँ मेक्सिकोस्थित युकाटन द्वीप रहेको भन्ने वैज्ञानिक खोजमा उनको निकै महत्वपूर्ण योगदान छ |

उनले चन्द्रमाको समेत अध्ययन गरेका थिए | उनी अन्तरीक्षयानमा चढेर चन्द्रमामा जाने कल्पना ग्र्थ्ये | तर उनले आफ्नो सपना पुरागर्न भने सकेन्न् | सन् १९९७ मा उनको मृत्युपछि नासाले उनको सपनालाई पुरागर्ने काम गर्यो |

त्यसपछि उनको अस्तु लास जलाएको खरानीलाई चन्द्रमा पुर्याएर अन्त्येष्टि गरियो त्यसपछि चन्द्रमामा अन्त्यष्टि गरिने  उनी संसारकै पहिला मान्छे हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!