कोरोनाभाइरस संक्रमित भएकि नर्स निको भईन्, यस्तो छ उनको अनुभव

Posted on: 30 Jan, 2020

माघ १६, काठमाडौँ | वुहान विश्वविद्यालयको झोङगनन अस्पतालमा आपतकालिन केन्द्रमा कार्यरत एक ३८ बर्षीया नर्स गुओ किनमा कोरोना भाइरसको संक्रमण देखिएपछि १४ दिनको निगरानी तथा उपचारपछि मंगलबार आफ्नो काममा फर्किएकि छन् । 

चीनको प्रख्यात समाचार माध्यम चाइना डेलीमा छापिएको समाचार अनुसार गुओ उक्त अस्पतालमा १५ बर्षदेखि नर्सको रुपमा कार्यरत रहेकी थिइन् । उनि उक्त अस्पतालको आपतकालीन वार्डमा निमोनियाको गम्भीर बिरामीहरूलाई स्याहार गर्न दिनमा १० घण्टा भन्दा बढी काम गर्दथिइन् ।

उनलाई जनवरी १२ को राति ज्वरोको लक्षण देखिएको थियो । उनको शरीरको तापक्रम ३७.८ डिग्री सेल्सियस पुग्नुको साथै अलिअलि पेटमा दुखाई पनि थियो । उनलाई नोवेल कोरोनाभाइरस सम्बन्धी निमोनियाबाट संक्रमित भएको पुष्टि भएपछि उनलाई क्वारेन्टाइन वार्डमा पठाइएको थियो ।

आफ्नो उपचारपछि नियमित काममा फर्किएकी किनले भनेकी छन् "मेरो अनुभवले देखाउँदछ कि यो रोग डरलाग्दो छैन । यसलाई निको पार्न सकिन्छ ।"


वुहान विश्वविद्यालयको झोङगनन अस्पतालमा बिरामीको निरीक्षण गर्दै भाइरस संक्रमित भई निको भएकी नर्स । Photo Credit: China Daily

यस बिषयमा तपाइको प्रतिक्रिया...!