भारतमा पनि कोरोना भाइरसको संक्रमण देखियो

Posted on: 30 Jan, 2020

माघ १६, काठमाडौं | चिनमा देखा परेको कोरोना भाइरसले विश्वभरिनै संक्रमणको ठुलो रुप लिएको छ | करिब विश्वका १८ भन्दा बढी देशमा देखा परेको कोरोना भाइरस छिमेकि मुलुक भारतमा पनि देखा परेको छ | भारतको केरला केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको हो |

भारतमा  पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ भने चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको  स्वास्थ्य परीक्षणको क्रममा कोरोना भाइरस देखापरेको हो | नेपालमा पनि हाल सम्म दुई जनामा देखा परिसकेको छ |

चिनिया संचारमाध्यमका अनुसार चिनमा मात्रै हाल सम्म १७० जनाको ज्यान गइसकेको छ | विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन र उक्त भाइरसलाई फैलिन नदिन सबैलाई आग्रह गरेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!