कोरोना भाइरसको प्रभाव:विश्व स्वास्थ्य संगठनले गर्यो सङ्कटकाल घोषणा

Posted on: 31 Jan, 2020

माघ १७, काठमाडौँ | चिनमा देखापरेको कोरोना भाइरस विश्वभरी फैलिए पछि विश्व स्वास्थ्य संगठनले आपतकाल घोषणा गरेको छ | कोरोना भाइरसबाट हालसम्म करिब दुई सय जनाको मृत्यु भइसकेको छ | भने विश्वका दुई दर्जन भन्दा बढी देशमा संक्रमण देखापरिसकेको छ | 

चिनियाँ अधिकारीहरूले उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको बताउँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोनाभाइरसका कारण विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो |

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार चीनबाहिर यसको अवस्थालाई लिएर आपतकाल घोषणा गरेको हो | चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएको छ |

विश्व स्वास्थ्य सङ्गठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलिन सक्ने त्रास रहेको बताएका छन् | बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स गालाहरका अनुसार अहिले ९९ प्रतिशत सङ्क्रमणका घटना चीनभित्र नै पाइएको र चीनले तिनलाई नियन्त्रण गर्नेमा डब्ल्यूएचओ विश्वस्त रहेको पाइएको छ |

तर कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकमा फैलिएमा अवस्था बदलिन सक्छ | त्यसैले उनी भन्छन्, "पछिल्लो घोषणापछि डब्ल्यूएचओले निम्न तथा मध्यम आय भएका मुलुकहरूमा सङ्क्रमणको निरीक्षण र नियन्त्रणमा उसले सघाउन सक्नेछ।"

यो घोषणाको अर्थ अब सबै देशलाई सङ्क्रमण फैलिन रोक्न कडिकडाउ नियन्त्रणका उपाय अपनाउन आह्वान गरिएको जस्तै हो | डब्ल्यूएचओले चीनले अपनाएका उपायको प्रशंसा गर्दै उसले सङ्क्रमण नियन्त्रण गर्न असाधारण उपाय अपनाइरहेको बताएको छ।

चिनमा कोरोभाइरसको प्रभाबका कारण विदेशी नागरिकहरु आ-आफ्नो देश फिर्ता हुने क्रम तिब्र रहेकोछ |-बिबिसी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!