चीनको क्वारेन्टाइन होटल भत्किँदा ७० भन्दा बढी मानिस पुरिए

Posted on: 08 Mar, 2020

फागुन २५, एजेन्सी | चीनको फूज्यान प्रान्तको चिनझोऊ शहरमा शनिबार एक होटल भत्किएको छ | उक्त होटेलमा कोरोना भाइरस विरामीलाई उपचारका लागि राखिएको थियो | भवन भत्किंदा ७० व्यक्ति भग्नावशेषमा पुरिको अधिकारीहरुले बताएका छन् |

उद्धारकर्मीले तीमध्ये ४७ जनालाई निकालेका छन् भने केही मानिसको मृत्यु भएको आशंका गरिएको छ | पुष्टि भने भइसकेको छैन | उद्धारका लागि १ सय ५० भन्दा बढी कर्मचारी खटाइएको आपतकालीन व्यववस्थापन मन्त्रालयकाले जनाएको छ |

चीनको माइक्रोब्लगिङ प्लेटफर्म विबोमा यसको भिडियो पनि जारी गरिएको छ । यसमा उद्धारकर्मीले एक महिलालाई भग्नावशेषबाट निकालेर एम्बुलेन्समा राखेका छन् | शनिबार बेलुका साढे ७ बजे भएको उक्त घटनामा होटलका ८० कोठा भत्किएका छ |

चाइना डेलीले जनाएअनुसार राहत र उद्धारकर्मी घटनास्थलमा छन् | हाल सम्म ४७ जनालाई भग्नावशेषबाट निकालिएको छ | भवन के कारण भत्कियो भन्नेबारे पत्ता नलागेको अधिकारीहरुले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!