कोरोना भाइरसको संक्रमणबाट उत्तरकोरियामा १ सय ८० सैनिकको मृत्यु

Posted on: 11 Mar, 2020

फागुन २८, एजेन्सी | विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण हाल सम्म ४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ | सोहि क्रममा उत्तर कोरियामा पनि कोरोनाभाइरसका कारण करिब २ सय जना सैनिकको मृत्यु भएको बताइएको छ |

दक्षिण कोरियाली संचारमाध्यमहरुका अनुसार उत्तरकोरियामा कोरोना संक्रमणका कारण १ सय ८० सैनिकको मृत्यु भएको हो | मंगलबार उत्तरकोरियाको सैनिक श्रोतलाई उदृत गर्दै दक्षिण कोरियाको डेली एनकेले कोरोना संक्रमणबाट उत्तरकोरियाली सैनिकको मृत्यु भएको बताएको छ |

जनवरीमा कोरोना भाइरसको जस्तो लक्षण देखिने रोगका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ | भने फ्रेबु्रअरीमा झण्डै ४ हजारको हाराहारीमा सैनिकहरुलाई क्वारेन्टाइनमा राखेको बताइएको छ | उतरकोरिया चिनको छिमेकि मुलुक मानिन्छ | चिनको वुहानबाट सुरुभएको कोरोनाभाइरस हाल विश्वभरी १ लाखभन्दा बढी मानिसहरुमा देखापरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!