क्यानडाका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण

Posted on: 13 Mar, 2020

फागुन ३०, एजेन्सी | महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई समेत भएको छ | बिहिबार  क्यानडाको सरकारले प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको हो |

यस अघि उनी फ्लू जस्तो लक्षण देखिएपछि घरमै क्वारेन्टाइनमा बसेकी थिइन् | ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेको र बुधबार राती सामान्य ज्वरो पनि आएको थियो |

उनीमाथि कोभिड–१९ को परीक्षण गरिएपछि कोरोना भाइरस पुष्टि भएको जनाइएको छ | जस्टिन ट्रुडो १४ दिनका लागि आइसोलेशनमा रहनेछन् । उनलाई अहिले नै कोरोनाको परीक्षण नगरिने बताइएको छ किनभने उनलाई कुनै लक्षण देखिएको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!