साउदी अरबमा अब कोर्रा हान्न नपाइने, बच्चाको फाँसीमा पनि रोक

Posted on: 27 Apr, 2020

वैशाख १५, एजेन्सी | साउदी अरबमा अब  बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्डको सजाय दिइने छैन । देशको मानवाधिकार आयोगले साउदी राजा सलमानलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

दुई दिनअघि कोर्रा हान्ने सजायमाथि पनि साउदी अरबले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

साउदी अरबमा अब कोर्रा हान्न नपाइने

बाल अधिकारका लागि संयुक्त राष्ट्रको सम्मेलनमा साउदी अरबले हस्ताक्षर गरेको छ । उक्त सम्मेलनका अनुसार बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्ड दिइनुहुन्नँ ।

मानवाधिकार कार्यकर्ताका अनुसार मानवाधिकार हननको मामलामा साउदी अरब संसारको सबैभन्दा खराब मुलुकमध्येको एक हो ।

यहाँ अभिव्यक्ति स्वतन्त्रतालाई नराम्रोसँग दबाइन्छ र सरकारको आलोचना गर्नेहरुलाई पक्राउ गरिन्छ ।

मानवाधिकार समूह एम्नेस्टी इन्टरनेशनलका अनुसार सन् २०१९ मा साउदी अरबमा १ सय ८४ जनालाई मृत्युदण्डको सजाय दिइयो । समूहका अनुसार तीमध्ये एक व्यक्ति यस्ता पनि थिए जो फाँसी दिने बेलासम्म वयस्क थिएनन् ।

स्रोतः बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!