भारतको एक अस्पतालमा कोरोनाबाट मृत्यु भएकाको कपडा-गहना र मोबाइल चोरी

Posted on: 24 May, 2020

जेठ ११, काठमाडौँ (एजेन्सीको सहयोगमा) | भारतको अहमदाबादमा रहेको सिविल अस्पतालमा कोरोनाको उपचारका क्रममा ज-जसको मृत्यु भयो उनीहरुमध्ये केहिको परिवारजनले मृतकको गहना, मोबाइल र कपडा अस्पताल परिसरबाट हराएको बताएका छन् । 

विश्व महामारीको समयमा त्यसको नियन्त्रण गर्न स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीहरु दिनरात खटिरहेको अवस्थामा उनीहरुबिरुद्धनै प्रश्न उठाइएको छ । भारतको गुजरातमा कोरोनाको प्रभाव निकै बढ्दै छ । गुजरात यस्तो राज्य हो, जहाँ कोरोनाबाट अहिलेसम्म ८०० जना भन्दा बढीको मृत्यु भएको छ । 

अस्पतालहरुले कोरोना संक्रमणबाट मानिसहरुलाई बचाउन निकै कोशिश पनि गरिरहेका छन् तर यसैबीच अहमदाबादको एक अस्पतालमा कोरोनाको कारण मृत्यु भएका मानिसहरुका परिवारजनले आफ्नो मृतक व्यक्तिको गहना र कपडा चोरी भएको आरोप लगाएका छन् । यो बिषयले भारतका संचारमाध्यमहरुमा निकै स्थान पाएको छ ।

जानकारी अनुसार, यो गंभीर आरोपमा प्रहरीले अनुसन्धान गरेको छ । अनुसन्धानपछि मृत मानिसको शरीरबाट गहना चोरेको आरोपमा सिभिल अस्पतालका दुई कर्मचारीलाई प्रहरीए पक्राउ गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!