भारतमा एकैदिन ४८ हजार ५१३ मा कोरोना संक्रमित थपिए, संङ्क्रमितको संख्या १५ लाख नाघ्यो

Posted on: 29 Jul, 2020

साउन १४, नयाँ दिल्ली। (रासस/सिन्हवा)। भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि  कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि  कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ । 

सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!