अन्य देश कोरोना भ्याक्सिनको कति नजिक ? २० भन्दा बढी भ्याक्सिन मानिसमा परीक्षण हुँदै

Posted on: 12 Aug, 2020

साउन २८, बिबिसीको सहयोगमा | रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले कोरोनाभाइरसको यस्तो भ्याक्सिन तयार गरेको दाबी गरेका छन् जुन कोरोनाभाइरसका लागि अत्यधिक प्रभावकारी छ । यो खोपलाई मानिसमा दुई महिनासम्म परीक्षण गरिएको र सुरक्षा मापदण्डमा खरो उत्रिएको दाबी गरिएको छ ।

यो भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले पनि मञ्जुरी दिएको छ । अब रुसमा धेरैभन्दा धेरै व्यक्तिलाई यो भ्याक्सिन दिन सुरु गरिने बताइएको छ ।

यद्यपि, रुसले जुन तीब्र गतिमा कोरोनाको भ्याक्सिन हासिल गरेको दाबी गरिरहेको छ त्यसले वैज्ञानिकको जगतमा चिन्ता निम्त्याएको छ ।

सयभन्दा बढी भ्याक्सिन सुरुवाती चरणमा छन् र २० भन्दा बढी भ्याक्सिन मानिसमाथि परीक्षण भइरहेको छ ।

अमेरिकामा ६ प्रकारको भ्याक्सिनमाथि काम भइरहेको छ र अमेरिकाका चर्चित कोरोनाभाइरस विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि वर्षको अन्तसम्म अमेरिकासँग एक सुरक्षित र प्रभावकारी भ्याक्सिन हुने बताएका छन् ।

ब्रिटेनले पनि कोरोनाभाइरस भ्याक्सिनको विषयमा चार सम्झौता गरेको छ ।

एस्ट्राजेनेकाले कोरोना भ्याक्सिनको १० करोड खुराक तयार गरिरहेको छ । अक्सफोर्ड युनिभर्सिटीमा वैज्ञानिक काम गरिरहेका छन् र औषधी कम्पनी जिएसके र सनोफी पनि यसको उपचार खोजिरहेको छ ।

मंगलबार इन्डोनेशिया र मेक्सिकोले आफ्नो देशमा पनि कोरोना भ्याक्सिनको अन्तिम चरणको क्लिनिकल ट्रायल चलिरहेको बताएका छन् ।

स्रोतः बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!