उत्तरी अफगानिस्तानमा तेह्र आतङ्ककारी मारिए

Posted on: 27 Jul, 2016

साउन १२, अफगानिस्तान  । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अफगान सुरक्षा बलले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १३ आतङ्ककारी मारिएका छन् । 

कुन्दुजको प्रान्तको प्रान्तीय प्रहरी विभागले एक विज्ञप्ति प्रकाशित गरी बुधबार सो जानकारी दिएको छ । 

कुन्दुज प्रान्तको आर्ची जिल्लाको कार्लुक इलाकामा मङ्गलबार राति संयुक्त अफगान सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा तीन आतङ्ककारी मारिनुको साथै अन्य दुई घाइते भएका प्रहरीद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 

त्यसैगरी मङ्गलबार नै अफगान सेनाको पनि समर्थन रहेको संयुक्त सुरक्षा बलले तालिवान आतङ्ककारी लुकेर बसेको इलाका कलाए ई जालमा युद्धविमानद्धारा गरिएको आक्रमणमा १० आतङ्ककारी मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । 

सन् २००१ मा शासन सत्ताबाट बाहिरिएका तालिवान आतङ्ककारी समूहले एबुम्स र आत्मघाती आक्रमणगरी बारम्बार सर्वसाधारण र सुरक्षा अधिकारीहरुको हत्या गर्ने गरेका छन् । रासस/सिन्हवा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!