इथियोपियामा आतंकवादी आक्रमण, ३४ जनाको हत्या

Posted on: 16 Nov, 2020

मङ्सिर १, आदिस अबाबा (रासस/एएनआई)। अफ्रिकी मुलुक इथियोपियामा शनिबार भएको आतंकवादी आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । 

इथियोपियाको मानव अधिकार आयोगका अनुसार देशको पश्चिमी बेनिशाङ्गुल–गुमुज क्षेत्रमा एउटा यात्रुबाहक बसमा सशस्त्र आतंककारी समूहले आक्रमण गरेका थिए ।

आयोगले आक्रमणकारी समूहको पहिचान र आक्रमण गर्नुको कारण भने खुलाएको छैन । हालैका महिनाहरुमा बेनिशाङ्गुल–गुमुज क्षेत्रमा विभिन्न जातीय समूहहरुबीच हिंसात्मक झडपहरु हुने गरेका छन् । यी आक्रमण–प्रत्याक्रमणबाट सयौं व्यक्तिको ज्यान जानुका साथै हजारौं मानिस विस्थापित भएका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!