अबको १० वर्षमा पेट्रोल–डिजेल कार बिक्रि गर्न नपाइने

Posted on: 18 Nov, 2020

मंसिर ३, एजेन्सी | बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने नयाँ कारको बिक्रि बन्द हुने भएको छ | जलवायु परिवर्तन र परमाणु ऊर्जाजस्ता उद्योगमा नयाँ जागिर सृजना गर्नको लागि बेलायत सरकारले उक्त कदल चालेको हो |

बुधबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘हरित औद्योगिक क्रान्ति’ को घोषणा गर्ने भएका हुन् | पर्यावरण आन्दोलनकारी पेट्रोल र डिजेल कारबारे लिइएको यो निर्णयलाई जलवायु परिवर्तनसँग जुध्ने दिशामा एक ऐतिहासिक मोड भएको उल्लेख गरेका छन् |

सन् २०५० सम्म बेलायतले कार्बन उत्सर्जन समाप्त गर्ने लक्ष्य राखेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!