अफगानिस्तानबाट अमेरिकाले सैनिक फिर्ता लगेसंगै नेटो चेतावनी

Posted on: 18 Nov, 2020

मङ्सिर ३, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिक ठूलो मात्रामा कटौती गर्ने घोषणा गरेसंगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई हतार हतार स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् |

अफगानिस्तान अझै अन्तर्राष्ट्रिय आतंकवादीको केन्द्रका रुपमा रहने सम्भावना रहेको  महासचिव स्टोल्टेन्बर्गले बताएका छन् | सिरिया र इराकमा परास्त भएका आइसिसले अफगानिस्तानलाई आफ्नो केन्द्रका रुपमा उभ्याउन सक्ने खतरा रहेको उनको दाबि छ |

नेटो गठबन्धनले अफगानिस्तानको शान्ति प्रक्रियालाई सहयोग गरेको एक वक्तव्य जारी गर्दै भनेका छन् | हाल अफगानिस्तानमा तैनाथ विदेशी सैनिकको संख्या १२ हजारभन्दा कम भइसकेको छ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसक्ने बताएका थिए |

त्यस्तै अफगानिस्तानको फर्याब प्रान्तमा भएको बम विस्फोटनमा पाँच जना सुरक्षाकर्मी मृत्यु भएको छ | बुधबार सडक किनारामा बिछ्याइएको बारुदी सुरुङ बिस्फोट भएर ती सुरक्षाकर्मीको मृत्यु भएको  हो | हालसम्म मुख्य विद्रोही समूह तालिबान र अफगान सरकारबीच वार्ता जारी रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!