पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

Posted on: 03 Dec, 2020

मंसिर १८, काठमाडौँ |  पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको निधन भएको छ | बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा ७६ वर्षको उमेरमा उनको निधन भएको हो |

उनको उपचारको क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको स्थानीय संचारमाध्यहरुले जनाएका छन् |

जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री भएका थिए | प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् । बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गरेका थिए |

तर सन् २००४ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त भएका थिए | -एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!