कतार एअरवेजले दक्षिण अमेरिकी क्षेत्रमा उडान विस्तार गर्ने

Posted on: 16 Feb, 2021

फागुन ४, दोहा । कतार एअरवेजले साओ पाओलोसम्म उडान गर्ने भएको छ । लाटाम एअरलाइन्स ब्राजिल कोडशेयरसंग सम्झौता गरी साप्ताहिक १० उडानसम्म विस्तार गर्ने घोषणा गरेको हो । यसले दुवै एअरलाइनका यात्रुहरुलाई एशिया, मध्य एशिया तथा दक्षिण अमेरिकासम्मको यात्रामा थप सुविधा पुयाउने कम्पनीले जनाएको छ ।

उक्त सम्झौताले कतार एअरवेजका यात्रुहरुलाई थप ४५ लाटाम एअरलाइन्स ब्राजिलका उडानहरु बुकिङ गरी यस दक्षिण अमेरिकी वाहकको नेटवर्कका ४० घरेलु तथा अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग जोड्ने छ । जसमा ब्राजिलिया, क्युरिटिबा, पोर्टो भेल्हो, रियो ब्रान्को, रियो दे जेनेरियो, साओ होसे, लिमा (पेरु), मोन्टेभिडियो (उरुग्वे) तथा सेन्टियागो –चिली) रहेका छन् ।

यस नयाँ कोडशेयर सम्झौताले दुवै एअरलाइन्सको २०१६ मा पहिलो पटक सुरु गरिएको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्ने विश्वास लीइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!