लद्दाखको गलवानमा क्षेत्रमा पाँच जना चिनियाँ सैनिकको मृत्यु

Posted on: 19 Feb, 2021

फागुन ७, काठमाडौँ । लद्दाखको गलवानमा क्षेत्रमा गएको वर्ष भारत र चिनियाँ सैनिकबिच भएको झडपमा पाँच जना सैनिकको मृत्यु भएको चिनले स्वीकार गरेको छ । झडपमा भारतका २० सैनिक मारिएका थिए । एक जनाको उद्धारको क्रममा खोलामा बगेर ज्यान गएको थियो ।

यसअघि चीनले गलवानमा भएको झडपमा आफ्ना सैनिकको मृत्यु भए/नभएको सार्वजनिक गरेको थिएन् । बीबीसीका अनुसार चीनले गलवानमा भएको झडपमा आफ्ना निकै कम सैनिक मारिएको बताएको छ । नाँर्दन कमाण्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाइके जोशीकाअनुसार चीनले ५० भन्दा बढी आफ्ना घाइते सैनिकलाई विमानबाट उद्धार गरेको थियो ।

उक्त घटनामा धेरै सैनिक मारिएको आशङ्का गरिएको छ तर उद्धार गरिएकाको अवस्था के छ भन्ने चिनले सार्वजनिक गरेको छैन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!